सर्वोच्च अदालतका तीन न्यायाधीश र न्याय परिषद्का सदस्यको संसदीय सुनुवाइ सुरु

Date:

काठमाडौं, जेठ ३१ — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ। शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले औपचारिक रूपमा सुनुवाइ प्रक्रिया अघि बढाएको हो।

बैठकमा समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले सार्वजनिक सहभागिता सुनिश्चित गर्नका लागि प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्न सरकारी र डिजिटल सञ्चार माध्यम प्रयोग गर्ने प्रस्ताव राखिन्, जसलाई समितिले सर्वसम्मत रूपमा पारित गर्‍यो।

न्याय परिषद् सदस्यका रूपमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरिएको छ। त्यस्तै, सर्वोच्च अदालतमा न्यायाधीशका लागि तीन व्यक्तिहरू वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा प्रस्तावित छन्।

सुनुवाइ समितिले अब सार्वजनिक राय तथा उजुरीका आधारमा थप प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...