Monday, August 24, 2026
Google search engine
होमनगर / स्थानीयकाठमाडौँ उपत्यकाकाठमाडौँका दुई स्थानमा आगलागी: सुरक्षा निकाय र स्थानीयको सक्रियतामा नियन्त्रण, २२ लाखको...

काठमाडौँका दुई स्थानमा आगलागी: सुरक्षा निकाय र स्थानीयको सक्रियतामा नियन्त्रण, २२ लाखको क्षति

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा साउन २३ गते भएको आगलागी सुरक्षा निकाय र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। नागार्जुन नगरपालिका–२ स्थित ठूलो भर्‍याङ र काठमाडौँ महानगरपालिका–२७ जमलमा भएका ती आगलागी दमकलको सहयोगमा पूर्ण रूपमा निभाइएको हो।

नागार्जुनमा २२ लाखको क्षति

नागार्जुन–२, ठूलो भर्‍याङस्थित ‘मञ्जु श्री ट्रेडर्स’को दोस्रो तलामा विद्युतीय तार सर्ट भई आगलागी भएको थियो। उक्त घटनामा परी करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गणबाट खटिएको टोली, नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो।

जमलस्थित चार तले घरमा आगलागी

यसैगरी, सोही दिन काठमाडौँ महानगरपालिका–२७ जमलस्थित एक स्थानीयको चार तले घरमा अचानक आगलागी भएको थियो।

आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १८ बागभैरव गणबाट खटिएको टोली, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा जुटेका थिए। दुवै घटनामा थप क्षति हुनबाट जोगिएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

RELATED ARTICLES

जवाफ दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Google search engine

Most Popular

Recent Comments