२९ जेठ, काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। कीर्तिपुरमा जारी सम्मेलनमा निर्धारित समयभन्दा केही ढिलो गरी मतदान प्रक्रिया अघि बढाइएको हो।
हिजो साँझ उम्मेदवारी दर्ता भएको थियो भने निर्वाचन समितिले बिहानै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। मतदानका लागि ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरिएको छ।
अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेलले आ-आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्। उपाध्यक्ष खुला र महिला कोटामा गरी आठ उम्मेदवारी परेको छ भने महासचिव पदमा तीन जनाले दाबी गरेका छन्। सचिव पदका लागि भने ३५ जना प्रतिस्पर्धी मैदानमा छन्।
यो निर्वाचनले अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्दै विद्यार्थी राजनीतिमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।



