इन्दिरा घिमिरेले जितिन् ‘मिसेस ग्लोबल नेपाल २०२५’ को उपाधि

Date:

काठमाडौँ, साउन २३ – काठमाडौंमा सम्पन्न ‘मिसेस ग्लोबल नेपाल २०२५’ प्रतियोगितामा इन्दिरा घिमिरेले उपाधि जितेकी छिन्। उनले निर्णायक प्रश्नको सशक्त उत्तर दिँदै सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा लेखाएकी हुन्।

यस प्रतियोगिताबाट इन्दिराले ‘एन.एफ.इ.ए. लन्डन २०२६’ मा नेपाल प्रतिनिधित्व गर्ने अवसरसहित इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छिन्। प्रतियोगितामा सन्ध्या नेपाल फर्स्ट रनर अप र सृजना घिमिरे सिवाकोटी सेकेन्ड रनर अप घोषित भए।

झण्डै तीन साता लामो तयारीपछि कार्यक्रम राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको थियो। प्रशिक्षण अवधिमा प्रतियोगीहरूलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, फोटोशुट, क्याटवाक, सार्वजनिक अभिव्यक्ति तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयहरूमा दक्षता प्रदान गरिएको थियो। कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा प्रतियोगीहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

प्रतियोगिता आकर्षक ओपनिङ डान्सबाट सुरु भई ‘ब्युटी विथ नेचर’ थिममा आधारित वेस्ट ड्रेस शो, प्रश्नोत्तर चरण हुँदै अन्तिम पाँच प्रतिस्पर्धीबीचको प्रतिस्पर्धाबाट विजेता छनोट गरिएको थियो।

साथै, कार्यक्रममा विभिन्न उपाधि वितरण गरिएको थियो, जसमा मोस्ट एट्राक्टिभ, मोस्ट स्मार्ट, मोस्ट प्यासोनेट, बेस्ट पर्सनालिटी, पब्लिक च्वाइस, बेस्ट ट्यालेन्ट लगायतका श्रेणी समावेश थिए। निर्णायकको भूमिका अभिनेता एसराज गराच, निर्देशक मनिष राउत, फेसन डिजाइनर करुणा भुजेल लगायतले निर्वाह गरेका थिए।

आयोजक हिमालयन मुभिजका अनुसार विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यो ‘मिसेस ग्लोबल’ शृङ्खाको आठौँ संस्करण हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...