इभा गिरीले नयाँ फिल्म साइन गरेको पुष्टि

Date:

काठमाडौं, असार ९ – चर्चित कन्टेन्ट क्रिएटर तथा अभिनेत्री इभा गिरीले हालै नयाँ नेपाली फिल्म साइन गरेकी छिन्। यद्यपि, उनले उक्त फिल्मको नाम र विवरण औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको बताएकी छिन्।

केही समयदेखि चन्द्र पन्तद्वारा निर्देशित फिल्म ‘आबाट आमा’मा इभाले अभिनय गर्ने चर्चा भए पनि उनले यो फिल्मसँग हाल कुनै निश्चित सहमति नभएको प्रस्ट पारिन्। उनले भनेकी छिन्, “मैले एउटा फिल्म साइन गरेकी छु, तर त्यो चन्द्र पन्तको फिल्म होइन। त्यसको घोषणा चाँडै हुनेछ।”

इभा गिरीले यसअघि ‘नमेटिने घाउ’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेकी हुन्। पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रममा उनले फिल्म डेब्युको चर्चा गरेकी थिइन्।

इभा अहिले डिजिटल मिडिया र सामाजिक सञ्जालमा निकै सक्रिय तथा लोकप्रिय छिन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...