ऊर्जा मानव जीवनका लागि अक्सिजन सरह : ऊर्जामन्त्री खड्का

Date:

९ असार, काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनका लागि अक्सिजन जस्तै अपरिहार्य भइसकेको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा अब केवल पूर्वाधारको विषय नभई समृद्ध राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए।

मन्त्री खड्काले दीर्घकालीन रूपमा नेपाललाई विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, आगामी १० वर्षभित्र देशमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ। योमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यातका लागि लक्षित गरिएको छ।

भारतसँग १० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता भइसकेको छ भने बंगलादेशमा हाल ४० मेगावाट आपूर्ति भइरहेको छ। भविष्यमा बंगलादेशमा १५ सय मेगावाटसम्म निर्यात गर्न सकिने सम्भावना रहेको मन्त्री खड्काले जानकारी दिए।

योजना सफल बनाउन झण्डै ९९ अर्ब डलर लगानी आवश्यक पर्ने उल्लेख गर्दै, उनले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सबैको साझा प्रयास अपरिहार्य रहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...