एआईलाई सही तरिकाले उपयोग गरी डिजिटल नेपाल निर्माण गर्नुपर्ने देउवाको आग्रह

Date:

साउन ११, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको डिजिटल रूपान्तरणका लागि कृत्रिम बुद्धिमत्ताको (एआई) उचित सदुपयोग अपरिहार्य भएको बताएका छन्।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित “नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण” विषयक कार्यक्रममा बोल्दै उनले एआई सही तरिकाले प्रयोग गर्न सके देशको विकासमा अभूतपूर्व गति आउन सक्ने धारणा व्यक्त गरे।

उनका अनुसार एआईले एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहित विकासको गतिमा तीव्रता ल्याउन सक्छ। देउवाले नेपाली कांग्रेस सदैव नवप्रवर्तन, लोकतान्त्रिक मूल्य र सुशासनको पक्षमा उभिएको उल्लेख गर्दै अब डिजिटल नेपाल निर्माणको दिशा जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने समय आएको बताए।

कार्यक्रममा कांग्रेसका अर्का नेता डा. मिनेन्द्र रिजालले एआई अब विकासको अनिवार्य मार्ग भएको भन्दै यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग जोड्नु आवश्यक रहेको बताए। उनले कांग्रेस यस्तो विमर्शको नेतृत्व गर्न तयार रहेको धारणा पनि राखे।

एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रति जनमानसमा व्याप्त डर र भ्रमलाई चिर्दै तथ्यमा आधारित सोच विकास गर्नुपर्नेमा जोड दिए। उनले भारतको प्रगतिशील एआई नीति र कार्यान्वयनबाट नेपालले पनि सिक्नुपर्ने सुझाव दिए।

छलफल सत्रमा एआई पूर्वाधार, डेटा इकोसिस्टम, नीतिगत तयारी, र जनशक्ति निर्माण लगायतका विषयमा विशेषज्ञहरूले धारणा राखे। टुटलका संस्थापक शिक्षित भट्ट, सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्रा. डा. सुदन झा, ई-गभर्नेन्स आयोगका प्रमुख दिपेश विष्ट र डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जनले एआईलाई केवल प्रविधिको रूपमा मात्र नभई दीर्घकालीन सोच र स्पष्ट नीतिसँग जोडेर बुझ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेपालले प्रविधिको क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको भिडियो प्रस्तुति पनि गरिएको थियो भने “के नेपाल एआईका लागि तयार छ?” भन्ने प्रश्नमा केन्द्रित प्यानल छलफल गरिएको थियो। विज्ञहरूले एआईको सफल कार्यान्वयनका लागि दीर्घकालीन दृष्टिकोण र राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको निष्कर्ष निकाले।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...