साउन २, काठमाडौं — नेकपा एमालेको पोलिटब्युरो बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि विस्तृत छलफल भइरहेको छ।
बैठकमा शुक्रवार सात जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए भने बाँकी सदस्यहरूले आज आफ्नो विचार प्रस्तुत गरिरहेका छन्। मुख्य रुपमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमानाबारे बहस चलिरहेको छ।
विधान मस्यौदामा एमालेको संगठनलाई थप संस्थागत र व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ। उमेर र कार्यकालको सीमा बारे सहमति जुटाउन नेताहरुबीच गम्भीर छलफल भइरहेको छ। बैठक अझै जारी छ र अन्तिम निर्णय आउन बाँकी छ।



