एसीसी यू–१६ क्रिकेटमा नेपालको जबरजस्त प्रदर्शन, भुटानमाथि भव्य जीत

Date:

काठमाडौं — एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ। मलेसियाको सेलाङ्गोर टर्फ क्लब मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनायो।

नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार शतकीय पारी खेले। जोय थापा अविजित ६१ र शिवांश बजगाईंले ५४ रन बनाए। भुटानका बलर सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट लिए।

भुटानले ३५९ रनको लक्ष्य पछ्याएको खेलमा ३२ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर मात्र ६० रन बनाउन सक्यो। भुटानका लागि सुजन दावाले १४ र उयोग छोफेलले १० रन बनाए। नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चेर ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले दुई-दुई विकेट लिए।

नेपालले समूहका चार खेलमा लगातार जित हासिल गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ बाट सिंगापुरले दोस्रो स्थान हासिल गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने समूह ‘बी’ बाट हङकङ र मलेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालले अब बिहीबार सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै उपाधि जितेको थियो। यस प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्। समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...