ओली–भण्डारी संवाद : “मेरो कुरा पनि सुन्नुहोस् न, उहिल्यैदेखि सुन्दै आएको छु”

Date:

काठमाडौं, असार १४ — नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले विशेष चर्चा पाएको छ। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा ओलीले आफ्नो समय अभावका कारण सुरुमै सम्बोधन गरेका थिए, किनभने उनी आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्दैछन्।

कार्यक्रममा ओलीले पार्टी एकजुट रहेको स्पष्ट पार्दै, एमाले विभाजनको कुनै सम्भावना नरहेको जिकिर गरे। सम्बोधनकै क्रममा उनले पूर्वराष्ट्रपति भण्डारीले “मेरो कुरा पनि सुन्नुहोस् न” भनेको उल्लेख गर्दै, आफूले उहिल्यैदेखि भण्डारीका कुरा सुन्दै आएको बताए। ओलीले भने, “तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ, आज मात्रै होइन, उहिल्यैदेखि सुन्दै आएको हो। नराम्रो कहिल्यै बोल्नुहुन्न, मलाई थाहा छ के बोल्नुहुन्छ।”

ओलीको सम्बोधनपछि उनी सभाबाट बाहिरिएका छन्, भने भण्डारीले केहीबेरमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ। पछिल्ला महिना एमाले राजनीतिमा सक्रिय देखिएकी भण्डारी र ओलीको सहकार्य तथा सार्वजनिक उपस्थिति पार्टीभित्रको एकताको सन्देशका रूपमा हेरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...