काठमाडौं, भदौ २९ — काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा आगलागीबाट छ जनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार शनिबार घटनास्थलमा शव भेटिएको हो र प्रारम्भिक अनुसन्धान जारी छ।
फेला परेको शवहरूको थप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजञ्ज पठाइएको छ। प्रहरीले आगलागीको कारण पत्ता लगाउन र जिम्मेवारलाई कारबाही गर्ने उद्देश्यले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।



