कोटेश्वर भाटभटेनी घटनामा मृतकको विवरण सार्वजनिक

Date:

काठमाडौं, असोज १ — कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेर मृत्यु भएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, मृतक २२ वर्षीय विकास रसाइली हुन्, जो रामेछापको खाँडादेवी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। शरीर पूर्ण रूपमा जलेको अवस्थाका कारण सुरुमा शवको पहिचान गर्न सकिएको थिएन।

यो घटनासँगै हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि चुच्चेपाटीको भाटभटेनीमा डढेको अवस्थामा भेटिएका ७ शवलाई पनि पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो, तर ती शवको पहिचान अहिलेसम्म खुलिसकेको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...