गोली र लाठीचार्जमा घाइते प्रदर्शनकारीलाई काठमाडौं महानगरको सहयोग

Date:

२३ भदौ, काठमाडौं । राजधानीमा जेन–जी आन्दोलन चर्किएसँगै घाइतेहरूको उपचार र उद्धारमा काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ।

सोमबारको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको गोली प्रहार र लाठीचार्जका कारण धेरै प्रदर्शनकारी घाइते भएका थिए। तीमध्ये धेरैलाई तत्कालै बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा पुर्याइयो। तर, घाइतेको संख्या बढेपछि अस्पतालमा बेड अभाव देखिएको छ र उपचारमा समस्या भएको अस्पताल स्रोतले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार मेयर बालेन शाहको निर्देशनमा महानगरको टोली उद्धारमा खटिएको छ। नगर प्रहरीका टोलीले घाइतेहरूलाई आवश्यक सहयोग गर्दै अस्पतालसम्म पुर्याइरहेका छन्। सिभिल र ट्रमा अस्पतालमा ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजाने तयारी समेत गरिएको उनले बताए।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु र घाइते हुने संख्या अझै बढ्न सक्ने अनुमान छ।

प्रशासनले माइतीघर, नयाँबानेश्वर, मध्यबानेश्वर र शंखमुख क्षेत्रमा निषेधाज्ञा (कुर्फ्यू) जारी गरेको छ। तर, जेन–जी समूहका युवाहरूले आदेशको अवज्ञा गर्दै ती क्षेत्रमा प्रदर्शनलाई निरन्तरता दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...