काठमाडौं, भदौ ४ — डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कानुन व्यवसायीहरूको संगठन गठन गरेको छ।
बुधबार अधिवक्ता उपेन्द्रकुमार साहको संयोजकत्वमा “पेशागत कानुन व्यवसाय जनमत संघ” नामक १२ सदस्यीय समिति गठन गरिएको हो। यो जानकारी पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले दिएका हुन्।
समितिमा सह–संयोजक रञ्जितकुमार साह, सचिव रामछबिला यादव, सहसचिव राहुलकुमार रजक र कोषाध्यक्ष पिटरजंग कुँवर रहेका छन्। सदस्यहरूमा अधिवक्ताहरू हरिप्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार छन्।
नवगठित संघको पहिलो बैठकले तदर्थ समिति निर्माणसँगै विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा जिल्ला तहमा पनि कार्यसमिति विस्तार गर्ने कार्ययोजना तय गरिएको जनमत पार्टीले जनाएको छ।



