जेनजी आन्दोलनपछि रोकिएका नाटकहरू कहिले पुनः मञ्चन हुने?

Date:

काठमाडौं, असोज १ — जेनजी आन्दोलनका कारण रोकिएका नाटक तथा सांस्कृतिक कार्यक्रमहरू पुनः संचालनमा आएका छन्। आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी: मौन संवाद’ र ‘सिरुमारानी’, कौशी थिएटरमा ‘कालीपार’, र ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भइरहेका थिए। तर आन्दोलन चर्किँदा यी सबै मञ्चन रोकिएका थिए।

हाल मण्डला थिएटरले ‘सिरुमारानी’ पुनःमञ्चन सुरु गरेको छ भने कौशी थिएटरले ‘कालीपार’ प्रदर्शन गर्न थालेको छ। ‘सिरुमारानी’ आइतबारसम्म चल्नेछ भने ‘कालीपार’ आउँदो शनिबारसम्म दर्शकसामु प्रस्तुत गरिनेछ। ‘खमारी’को मञ्चन भने हाल स्थगित छ।

शिल्पी थिएटरले पनि जेनजी आन्दोलनको कारण ‘शिल्पी नाट्य यात्रा २०८२’ स्थगित गरेको थियो, तर यस टूरको नयाँ मिति अहिलेसम्म घोषणा भएको छैन। भदौ अन्त्यतिर भरतपुर, पोखरा, बुटवल र कोहलपुरमा यो नाट्य टूर आयोजना गरिने योजना रहेको थियो।

त्यसैगरी, बबरमहलस्थित कला परिषद्को भवनमा रोकिएको ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५’ पुनः संचालनमा आएको छ। यसअन्तर्गत चलिरहेको ‘रुट्स एन्ड रिफ्लेक्सन’ चित्रकला प्रदर्शनी ११ असोजसम्म खुला रहनेछ। आन्दोलनका कारण प्रभावित सांस्कृतिक गतिविधि क्रमशः सामान्य अवस्थामा फर्किन थालेको देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...