जेनजी आन्दोलनमा कास्की प्रहरी कार्यालय आगजनीमा घाइते विजय लामाको मृत्यु

Date:

काठमाडौं, भदौ २८ — जेनजी आन्दोलनको क्रममा कास्की जिल्ला प्रहरी कार्यालयको भवनमा आगजनी गर्दा घाइते भएका ४३ वर्षीय विजय लामाको उपचारको क्रममा मृत्यु भएको छ।

तनहुँको भररपुर–१० बस्ने लामाको शरीर करिब ७० प्रतिशत जलेको अवस्थामा उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीका अनुसार लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीमा आन्दोलनकारीहरूले डोजर, लोडर र अन्य भारी उपकरण प्रयोग गर्दै तोडफोड र आगजनी गरेका थिए। प्रहरी कार्यालयको गेट भत्काइ, कार्यालयभित्र प्रवेश गरेका केही युवा आगोको मुस्लोमा परेका थिए। आन्दोलनकारीहरूले प्रहरी कार्यालय भित्रका कागजात, सामग्री र केही हतियार समेत लुटेका थिए।

पोखराका अन्य सरकारी कार्यालयहरूमा पनि आन्दोलनकारीहरूले व्यापक तोडफोड र आगजनी गरेका छन्। पोखरा–१६ र शुक्लागण्डकी–११ क्षेत्रमा बस्ने लामासहित अन्य घाइतेहरूको उपचार भइरहेको छ। प्रहरीका अनुसार केही हतियार र अन्य सामग्री अनुसन्धानका लागि बरामद गरिसकिएको छ, तर केही अझै आन्दोलनकारीको नियन्त्रणमा रहेको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...