जेनजी प्रदर्शनमा मृत्यु भएका युवाहरूको घटनामा ओलीमाथि मुद्दा दर्ता

Date:

काठमाडौं, भदौ २८ — जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा बानेश्वर प्रहरीमा जाहेरी दर्ता भएको छ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमार्फत कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जाहेरी दिएका हुन्।

जाहेरीमा ओलीले नै आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ। यस घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै जना घाइते भएको उल्लेख गरिएको छ।

मृत्यु भएका युवाहरूको सूचीमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ।

जाहेरी दर्ता भएपछि प्रहरीले कानुनी प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ। यस घटनाले आन्दोलनका दौरानको हिंसात्मक स्थिति र जनजीवनमा परेको असरलाई उजागर गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...