तिनाउ नदीमा बाढी बढ्दै, डुबान हुने क्षेत्रका स्थानीयलाई चेतावनी

Date:

१ असोज, काठमाडौं । बुटवल हुँदै बग्ने तिनाउ नदीमा बाढीको स्तर बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले आसपासका स्थानीयलाई सतर्क रहन अपील गरेको छ ।

विभागले सोमबार बिहान ७:५० बजे जारी गरेको सूचनामा नदी किनार तथा डुबानमा पर्न सक्ने बस्तीका बासिन्दालाई सतर्क रहन भनिएको छ । नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको र खतरा झनै बढ्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको विभागको भनाइ छ।

विभागले मोबाइल एसएमएसमार्फत समेत पाल्पा, रुपन्देही र आसपासका जिल्लाका नागरिकलाई जोखिमबारे सचेत गराएको छ । पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र आइतबार रातिदेखि झनै भारी वर्षा भएकाले बाढीको जोखिम बढेको जनाएको छ।

बाढी बढ्न थालेपछि नदी किनारमा बसोबास गर्ने, खेतीपाती गर्ने र आवतजावत गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...