तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक आवागमन रोकियो

Date:

काठमाडौं, असोज ३ — नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा शुक्रबार साँझ पहिरो खस्दा सडक दुबै तर्फबाट अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझको समयमा ठूलो परिमाणमा पहिरो खसेपछि आवागमन रोकिएको हो। अहिले बाटो खोल्ने प्रयास भइरहेको तर माथिबाट अझै माटो र ढुंगा खस्ने क्रम जारी रहेकाले तत्काल सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन देखिएको उनले बताइन्।

शर्माले दिउँसोदेखि स–साना पहिरा खसे पनि साँझपख ठूलो मात्रा झरेपछि सडक अवरुद्ध भएको जानकारी दिइन्। पहिरो पन्छाउने काम सुरु भए पनि निरन्तर जोखिम कायमै रहेकाले काममा ढिलाइ हुने सम्भावना रहेको उनको भनाइ छ।

प्रहरीले राति उक्त सडक प्रयोग नगर्न सवारी चालक र यात्रुलाई आग्रह गरेको छ। पहिरो पन्छाउने कार्य पूरा नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...