देशभर कर्फ्यू र निषेधाज्ञा हटाइयो

Date:

काठमाडौं, २८ भदौ । नयाँ अन्तरिम सरकार गठनसँगै देशभर जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। नेपाली सेनाले शनिबार बिहान ६ बजेपछि कर्फ्यू वा निषेधाज्ञा लगाउने कुनै आदेश नभएको जनाएको छ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर देश छाडेपछि २४ भदौको राति सेनाले सुरक्षा जिम्मा लिएको थियो। त्यसबेलादेखि देशभर कर्फ्यू लागू गरिएको थियो।

शुक्रबार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी अन्तरिम सरकार बनेसँगै शनिबार बिहानैदेखि कर्फ्यू र निषेधाज्ञा हटाइएको हो। सेनाले अब सामान्य अवस्था कायम भएको जनाउँदै शान्ति–सुरक्षामा जनताले सहज महसुस गर्ने विश्वास व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...