नख्खु कारागारमा रविलाई भेटे प्रचण्ड, स्वास्थ्यप्रति चिन्ता व्यक्त

Date:

काठमाडौं, भदौ ४ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगे।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई केही दिनअघि मात्र भैरहवा कारागारबाट स्वास्थ्य कारण देखाउँदै नख्खु सारिएको हो। रास्वपाले उनको शरीरमा भिटामिन ‘डी’ को कमी देखिएको बताएको छ।

भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले लामिछानेलाई भैरहवामा रहँदा अत्यन्त कमजोर अवस्थामा रहेको तर नख्खु आएपछि केही सुधार भएको देखिएको जानकारी दिए। उनले भने, “उहाँ दुब्लाउनु भएको छ, अनुहारमै कमजोरी प्रस्ट देखिन्छ। तर यहाँ आएपछि अवस्था अलिक सहज भएको सुनाउनुभयो।”

लामिछानेले पनि प्रचण्डसँग नख्खु कारागारको व्यवस्थापनबारे सकारात्मक टिप्पणी गर्दै भैरहवाको तुलनामा यहाँको अवस्था धेरै राम्रो भएको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...