निर्वाचन मिति घोषणा पछि पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था

Date:

काठमाडौं, असोज ८ — राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ मा संशोधन गर्ने अध्यादेश जारी गरेपछि अब युवाहरूले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने अवसर पाएका छन्। यसअघि निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा नाम दर्ता गर्न पाइँदैन भन्ने व्यवस्था भएकोले थुप्रै युवा मतदान योग्य भए पनि नाम दर्ता गर्न असमर्थ थिए।

निर्वाचन आयोगले अब कानुन अनुसार मतदाता नामावली संकलनको मिति तोकी प्रक्रिया अघि बढाउनेछ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, अध्यादेश जारी भएपछि मतदान योग्य युवाहरूका लागि नाम दर्ता गर्ने बाटो खुलेको छ।

यो कदम जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते तय गरेको निर्वाचनमा सबै मतदान योग्य नागरिकले सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले उठाइएको हो। संशोधनले दफा ४ को उपदफा २ को २ मा रहेको “निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गरिँदैन” भन्ने प्रावधान हटाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...