नेपालवासीहरूका लागि अष्ट्रेलियामा विशेष ‘दिदीबहिनी तीज’ कार्यक्रम

Date:

काठमाडौं, साउन २१ — अष्ट्रेलियामा चाडपर्वको अवसरमा दिदीबहिनी इभेन्ट्सले ३५ वटा ‘दिदीबहिनी तीज’ कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। विशेष कार्यक्रम अगस्ट १६ मा सिड्नीको रगडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ।

यस कार्यक्रममा रामजी खाँण, शान्तारानी परियार, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, श्याम राना, लक्ष्मी मल्ल लगायत कलाकारहरूको सहभागिता रहनेछ। भिसा प्रक्रियामा इडियू कनेक्स कन्सल्टेन्सीले सहयोग गरेको छ।

आयोजक बिन्दु पौडेलका अनुसार यस वर्षको ‘दिदीबहिनी तीज’ कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी राखिएको छैन र दर्शक सहभागिता उत्साहजनक हुने अपेक्षा गरिएको छ। यो कार्यक्रम अष्ट्रेलियाका विभिन्न सहरमा समेत आयोजना गरिनेछ।

तीज, नेपाल लगायत हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व हो जसमा महिलाहरू आफ्नो परिवारको सुख, दम्पती र दीर्घायुको कामना गरी व्रत बस्छन् र पूजा आराधना गर्छन्। अष्ट्रेलियामा मनाइने ‘दिदीबहिनी तीज’ कार्यक्रमले नेपाली समुदायलाई परम्परा र संस्कृति प्रतिको लगाव र सौहार्दता बढाउने महत्वपूर्ण भूमिका खेल्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...