पशुपति क्षेत्रमा तिज दर्शनका लागि चार छुट्टाछुट्टै बाटो तोकियो

Date:

काठमाडौँ, भदौ ८ – हरितालिका तिजका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज र सुरक्षित रूपमा भगवान पशुपतिनाथको दर्शन गर्न सकिने गरी विशेष तयारी गरेको छ।

आइतबार पत्रकार सम्मेलनमार्फत कोषले यस वर्ष दर्शनका लागि भक्तजनलाई चार छुट्टाछुट्टै मार्ग प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको हो। साथै, सुरक्षा व्यवस्था, स्वयंसेवकहरूको परिचालन, आकस्मिक स्वास्थ्य सेवा, जुत्ता–चप्पल कक्ष, चन्दनप्रसाद वितरण र भजन–कीर्तन कार्यक्रमलगायतका तयारी पनि अन्तिम चरणमा पुगेका छन्।

चार दर्शन मार्ग यसरी तोकिएका छन् :

  1. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी मार्ग : भक्तजन उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने।
  2. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ–फलामे पुल मार्ग : सानो पश्चिम ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने।
  3. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर मार्ग : भक्तजन कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने।
  4. तिलगङ्गा–राम मन्दिर–आर्यघाट पुल मार्ग : भक्तजन पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने।

कोषका अनुसार तिजको दिन अर्थात् भदौ १० गते बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...