पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध प्रहरीले अनुसन्धान गर्न सर्वोच्चको आदेश

Date:

२१ जेठ, काठमाडौं — सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको ज्यानसम्बन्धी मुद्दामा प्रहरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ। सापकोटाविरुद्ध परेको उजुरीलाई तामेलीमा राख्ने प्रहरीको निर्णयलाई सर्वोच्चले खारेज गर्दै अनुसन्धान पुनः सुरु गर्न निर्देशन दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संयुक्त इजलासले सो आदेश जारी गरेको हो। अदालतको आदेशसँगै अब काभ्रे जिल्ला प्रहरी कार्यालयले सापकोटाविरुद्धको जाहेरीमा फेरि छानबिन अघि बढाउनु पर्नेछ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा संलग्न रहेको आरोप छ। मृतक लामाकी पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरीद्वारा सो उजुरी तामेलीमा राखिएपछि पीडित पक्ष सर्वोच्च पुगेको थियो।

अदालतले आदेश जारी गरेपनि हालसम्म उक्त मुद्दासम्बन्धी विस्तृत विवरण सर्वोच्चको वेबसाइटमा प्रकाशित गरिएको छैन। तथापि, ‘उत्प्रेषण जारी’ गरिएको जानकारी दिइएको छ, जसको अर्थ अब कानुनी प्रक्रिया अघि बढ्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...