प्रदर्शनपछि जेनजीले सार्वजनिक स्थानमा सफाइ थाले

Date:

काठमाडौँ, भदौ २५ – पछिल्लो दुई दिन लगातार भएको आन्दोलनपछि भौतिक संरचना, सडक र सार्वजनिक स्थानमा व्यापक क्षति पुगेको थियो। प्रदर्शनकारी ‘जेनजी’हरूले मंगलबार र बुधबार राजधानी काठमाडौँमा सरकारी कार्यालय, सार्वजनिक क्षेत्र र निजी सम्पत्तिमा आगजनी, तोडफोड र हिंसा गरेका थिए। त्यस्तै, यस क्रममा धेरै व्यक्तिहरू घाइते भएका थिए।

तर बुधबार बिहानैदेखि उत्रिएका जेनजीहरूको गतिविधि केही फरक देखियो। उनीहरूले कुचो, खरेटो, बेल्चा जस्ता उपकरण लिएर सडक, गल्ली र सरकारी कार्यालय वरिपरि सरसफाइ अभियान सुरु गरेका छन्। सिंहदरबार, सर्वोच्च अदालत, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथली लगायत विभिन्न संवेदनशील क्षेत्रमा जेनजी समूहले फोहोर उठाएर व्यवस्थित रुपमा सरसफाइ गरिरहेका छन्।

सरसफाइ अभियानमा सहभागी जेनजीहरूले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर संकलन गर्दै काठमाडौँ महानगरपालिकाका फोहर बोक्ने गाडी मार्फत हटाइरहेका छन्। केही स्वयंसेवीले उनीहरूलाई पिउने पानी वितरण गर्दै सहयोग गरिरहेका छन्।

प्रमुख सरसफाइ समूहको नेतृत्व खगेन्द्र रोकाया, केशव सिलवाल र केपी खनालले गरिरहेका छन्। यस अभियानले प्रदर्शनपछि छरिएका भग्नावशेषहरू सफा गर्ने उद्देश्य राखेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...