प्रधानमन्त्रीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणीप्रति एमालेको आपत्ति

Date:

काठमाडौं, २४ असार — सत्तारुढ दल नेकपा एमालेले रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसम्बन्धी दिएको अभिव्यक्ति संसदको आधिकारिक रेकर्डबाट हटाउन माग गरेको छ। सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू नफर्किएको समाचार आएको भन्दै उक्त विषयलाई गम्भीर रूपमा उठाएकी थिइन्।

तर, एमालेका सांसद बर्तौला राउतले सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनले भने, “प्रधानमन्त्री ओली स्पेनको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर फर्किसकेका छन्। केही मान्छे स्पेनमै बसेका छन् वा भिजिट भिसामा गएर फर्किएका छैनन् भन्ने विषय संसदमा प्रस्तुत गर्नु भ्रामक र तथ्यहीन हो।” बर्तौलाले यसप्रकारका विषयहरू संसदको गरिमामय वातावरणमा उपयुक्त नरहेको र जिम्मेवार सांसदहरूले तथ्यहीन कुरा गर्न नहुने बताए।

साथै, उनले सो विषयमा को–को नफर्किएका हुन् भन्ने स्पष्ट रूपमा संसदमा जानकारी दिन चुनौतीसमेत दिएका छन्। एमालेको यो मागले संसदमा उठेका विवादहरू अझै तातिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...