बागमती प्रदेशमा पत्रकार स्वास्थ्य सुरक्षामा दीर्घकालीन सुधारको योजना , निःशुल्क स्वास्थ्य बिमा

Date:

काठमाडौं, भदौ १ — बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरूलाई अब निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइने भएको छ। भक्तपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै बिमाको खर्च व्यहोर्ने व्यवस्था गरिसकेको जानकारी दिए।

कार्यक्रम अनुसार प्रत्येक पत्रकारलाई पाँच सदस्यीय परिवार मान्दै समूहमा आबद्ध गरी डिजिटलमैत्री प्रणालीमार्फत बिमा गरिनेछ। चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले रु २० लाख बजेट छुट्याइसकेको छ। बिमाले पत्रकारहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

मन्त्री थापाले यस योजनासँगै ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम समेत यसैवर्षबाट सञ्चालनमा आउने जानकारी दिए। उनले दुर्गम तथा विकट क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने काम अघि बढाइरहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...