बिराटनगर जेलमा कैदी भाग्ने प्रयास, प्रहरीको हवाई फायर

Date:

२५ भदौ, विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दी भगाउने प्रयास भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ । कैदी छुटाउन मागसहित एक समूह कारागार पुगेपछि कैदीबन्दीहरूले पनि भाग्ने कोसिस गरेका थिए ।

स्थिति नियन्त्रण गर्न प्रहरीले करिब १५ राउन्ड हवाई फायर गरेको हो । गोली चलेपछि भीड तितरबितर भएको र कारागारको अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

घटना भएपछि नेपाली सेनाको टोली समेत कारागारमा परिचालन गरिएको छ । सेनाको उपस्थिति पछि अवस्था सामान्य बनेको जनाइएको छ । मोरङ कारागारमा हाल करिब १ हजार १ सयभन्दा बढी कैदीबन्दी रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...