भण्डारीको दाबी: ‘मैले एमालेमा ४५ वर्ष सदस्यता लिएको छु, कसैले मेराे सदस्यता खन्न सक्दैन’

Date:

९ साउन, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफू अहिले पनि नेकपा एमालेमै आबद्ध रहेको स्पष्ट पारेकी छिन्।

उनले भनिन्, “मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु र म अझै पनि पार्टी सदस्य नै हुँ। कसैले चाहँदा मेरो सदस्यता खाएला भन्ने कुरा हुँदैन।” 

उनले पार्टीसँग आफ्नो लामो सम्बन्ध र योगदान रहेको उल्लेख गर्दै भनिन्, “मैले ४५ वर्षअघि एमालेको सदस्यता लिएकी हुँ, कोही चाहेर त्यो सदस्यता खोस्न सक्दैन।”

उनले पार्टी सदस्यताको नवीकरण हालै गरिसकेको र त्यसबारे कुनै अन्यौल नरहेको स्पष्ट पारिन्। उनले थप भनिन्, “यो विषयलाई विवादमा तान्नु गैरआवश्यक हो, किनभने सबै प्रक्रिया पूरा भइसकेको छ।”

पूर्वराष्ट्रपतिले पार्टीसँग आफ्नो सम्बन्ध सुरुदेखिको रहेको जनाउँदै जननेता मदन भण्डारीकै हातबाट पार्टी सदस्यताको शपथ लिएको प्रसंग सुनाइन्। उनले मदन भण्डारीले अघि सारेको “जनताको बहुदलीय जनवाद”लाई नै आफूले मार्गदर्शन मानेको बताइन्।

भण्डारीले पार्टीभित्रका आन्तरिक विषयहरू छलफलको माध्यमबाट समाधान गर्नुपर्ने र त्यसका लागि पार्टीभित्रै संवाद आवश्यक रहेको धारणा पनि व्यक्त गरिन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...