काठमाडौँ, साउन २२ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन हालसम्म जारी नहुँदा र सरकारसँगको पूर्व सहमति अनुसार विधेयक अगाडि नबढेको भन्दै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
महासंघको बिहीबार भएको बैठकमा यो निर्णय गरिएको हो र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। आन्दोलनको तयारीका लागि राष्ट्रिय समितिको पूर्ण बैठक पनि भद्र ३ र ४ गते बोलाइएको छ।
महासंघले यस अघि पनि शिक्षा ऐन जारी गर्न सरकारलाई समय सीमा दिएका थिए, जुन सकिएपछि अब आन्दोलनमा जाने तालिका तय गरिएको छ। यसअघि गत चैत २० गतेदेखि लामो समयसम्म शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए तर माग पूरा नभएपछि फेरि नयाँ आन्दोलनको तयारी भईरहेको छ।
यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक प्रधानाध्यापक नियुक्त भएमा शिक्षक महासंघको सदस्यता निस्क्रिय हुने प्रस्ताव पारित गरेको छ। त्यस्तै, शिक्षकको बढुवा तीन विधिबाट गर्ने र कार्यसम्पादन मूल्याङ्कनको अंक घटाएर ९० प्रतिशतबाट ८० प्रतिशतमा झार्ने प्रस्ताव पनि समितिले स्वीकृत गरेको छ।



