भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाइने: प्रधानमन्त्री कार्की

Date:

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिन गर्न छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन्। उनले भनेकी छन् कि यो आयोगले अनुसन्धान गरेर अर्को सरकारका लागि सहज आधार तयार पार्नेछ।

प्रधानमन्त्री कार्कीले बीबीसी नेपालीसँगको विशेष अन्तर्वार्तामा बताइन्, “कति भ्रष्टाचार भएको छ, अनियमितिता भएको छ भन्ने अनुसन्धान गरेर कारबाहीसम्म पुर्‍याएपछि मात्रै सरकारले काम गर्न सक्छ। तर हामी बाटो बनाउँदैछौं।”

उनका अनुसार, जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग गठन गरिनेछ। आयोगलाई सुरुमा एक महिनाको समय दिइनेछ र यदि आवश्यक परे थप १५ दिन समय उपलब्ध गराइनेछ।

प्रधानमन्त्री कार्कीले उल्लेख गरिन् कि सरकारको कार्यकाल केवल ६ महिनाको भएकाले यो अवधिमा आयोगले अधिकतम काम गर्नुपर्ने छ। मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ।

यस आयोगले गरिएको अनुसन्धानको रिपोर्ट अर्को सरकारका लागि आधार बन्ने र भ्रष्टाचार तथा अनियमितताप्रति पारदर्शिता बढाउने लक्ष्य राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...