मानव अधिकार आयोग: संकटको घडीमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ

Date:

काठमाडौं, भदौ २५ — राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने बताउँदै कुनै पनि पक्षलाई हिंसात्मक कार्य नगर्न र नगराउन आग्रह गरेको छ।

आयोगले देशका विभिन्न शहरहरूमा भएका प्रदर्शन र त्यसपछि लागाइएको निषेधाज्ञाको समयमा मानव अधिकारको स्थिति तथा मृतक परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्य लगातार गर्दै आएको जनाएको छ।

आयोगले जारी विज्ञप्तिमा शान्तिपूर्ण, लोकतान्त्रिक विधि र प्रक्रियाबाट देशले हालको राजनीतिक संकटबाट यथाशीघ्र निकास खोज्नुपर्नेमा जोड दिएको छ। साथै सबै नागरिक र राज्यका निकायले सकारात्मक भूमिका निर्वाह गरी अगाडि बढ्न आवश्यक रहेको आयोगले औंल्याएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भनेका छन्, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्छ। यसले जनताको अधिकार र हकलाई अझ मजबुत बनाउनेछ। कोही पनि हिंसात्मक र भड्किलो कार्यमा नजाऔं र नगराऔं।” आयोगले आगामी दिनमा यस्तो हिंसात्मक घटना नहुने कुरामा विश्वास व्यक्त गर्दै सबैलाई संयम र सहिष्णुता अपनाउन आह्वान गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...