काठमाडौं, साउन १० — ‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टहरूको औपचारिक घोषणा गरिएको छ। भदौ १४ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा हुने फिनाले प्रतियोगिताका लागि चयनित यी प्रतियोगीहरूलाई शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’ मा अंक प्रदान गरिएको छ।
यस वर्ष प्रतियोगितामा १४ नयाँ सहविधा थप गरिएको छ, जसमा मिस वर्ल्ड, अर्थ, इन्टरनेसनल र कोस्मो विधा पनि समावेश छन्। फाइनलिस्टहरू अब बन्द प्रशिक्षणमा लाग्नेछन्। छनोट प्रक्रिया काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सम्पन्न अडिसन मार्फत गरिएको थियो।
आयोजक संस्था ‘द हिडन ट्रेजर’का निर्देशक प्रमोद कंशाकारका अनुसार फिनाले भदौ १४ गते हुँदैछ। प्रतियोगिताको उद्देश्य प्रतिभाशाली तथा सुन्दरी युवतीहरूलाई अवसर प्रदान गर्दै नेपालको सांस्कृतिक र सामाजिक पहिचानलाई विश्वस्तरमा प्रस्तुत गर्नु रहेको छ। प्रतियोगिताको फिनाले कार्यक्रममा देशभरिका पत्रकार, कलाकार र श्रोताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
फाइनलिस्ट प्रतियोगी अंकअनुसार :
१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामा
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री



