काठमाडौं, जेठ २१ – अभिनेता रणवीर कपुरको फिल्म करियर यतिबेला चर्चामा छ, विशेष गरी उनी ‘एनिमल’ पछि नयाँ प्रोजेक्टहरूमा व्यस्त छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, अब उनी ‘पिके २’ मा पनि देखिन सक्ने चर्चा व्यापक छ।
‘पिके २’ को स्क्रिप्टमा आमिर खान, निर्देशक राजकुमार हिरानी र लेखक अभिजीत जोशी सक्रिय रूपमा काम गरिरहेका छन्। उनीहरूले दादा साहेब फाल्केको बायोपिकपछि यस फिल्ममा हात हाल्ने अनुमान गरिएको छ।

रणवीर यसअघि ‘पिके’ को पहिलो संस्करणमा छोटो भूमिका (गेस्ट अपियरन्स) मा देखिएका थिए। दोस्रो भागमा भने उनको भूमिकालाई केन्द्रिय बनाइने बताइएको छ। विशेष कुरा के छ भने, रणवीर पनि एलियनको भूमिकामा देखिने सम्भावना छ, जसका लागि उनी आफैँ निकै उत्साहित रहेको खबर छ।
सन् २०१४ मा रिलिज भएको ‘पिके’ले विश्वभरबाट ७९२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। अनुष्का शर्मा र आमिर खानको अभिनय रहेको उक्त फिल्मले भारतीय सिनेमामा गहिरो प्रभाव छोडेको थियो।
यदी सबै कुरा मिल्यो भने, ‘पिके २’ रणवीर कपुरको करियरमा अर्को महत्वपूर्ण माइलस्टोन बन्न सक्ने देखिएको छ।



