रवि लामिछानेको कट आउटमा राखी बाँधेर अनौठो तरिकाले रक्षा बन्धन सम्पन्न

Date:

काठमाडौँ, साउन २४ – काठमाडौंको बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा यस वर्षको रक्षा बन्धन फरक शैलीमा मनाइयो। पार्टीका सभापति रवि लामिछानेको ठूलो आकारको कटआउट प्राङ्गणको मुख्य आकर्षण बनेको थियो, जहाँ बिहानैदेखि विभिन्न स्थानबाट आएका समर्थकहरूको भीड लागेको थियो।

समर्थकहरूले पालैपालो कटआउटमा राखी बाँध्दै उनको दीर्घायु, सफल राजनीतिक यात्रा र चाँडो रिहाईको कामना गरे। धेरैले यस कार्यलाई दाजुभाइबीचको स्नेह मात्र नभई अन्यायविरुद्धको एकताको प्रतीकको रूपमा लिए। उनका समर्थकहरूले राखी बाँधेर रवि लामिछानेको सुरक्षाका लागि प्रतिकात्मक प्रतिज्ञा गरेको जनाए।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस कार्यक्रमलाई अन्यायविरुद्ध ऐक्यबद्धता जनाउने माध्यमका रूपमा अघि बढाएको छ। सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई समर्थन र फरक किसिमले रक्षा बन्धन मनाउने यस किसिमको कार्यक्रमले राजनीतिक संघर्षको पाटो पनि देखाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...