काठमाडौँ, साउन २६ – रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जमानतमा रिहाइ सम्बन्धी निवेदन अस्वीकार गरेको छ। लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानतस्वरूप बुझाएर थुनामुक्त हुने माग गरेका थिए।
न्यायाधीश नारायण सापकोटाको इजलासमा भएको सुनुवाइपछि अदालतले उक्त मागानुसार आदेश नदिने निर्णय गरेको हो। लामिछानेले निवेदन दर्तासँगै जमानत रकम समेत बुझाइसकेका थिए, तर अदालतको आदेशले उनलाई तत्काल रिहा हुने बाटो बन्द भएको छ।



