राज्यले निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्छ : प्रचण्ड

Date:

काठमाडौं, साउन ५ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि हासिल गर्न राज्यको नीति र सोचाइमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघ (CNI) का नवनिर्वाचित पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई सहयोगी र सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।

प्रचण्डले निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनुपर्नेमा जोड दिँदै भने, “राज्यले निजी क्षेत्रलाई दुःख दिने हैन, सहजीकरण गर्ने संरचना र नीति तयार गर्नुपर्छ।”

उनका अनुसार, आर्थिक विकासको लक्ष्य पूरा गर्न नीतिगत सुधार अनिवार्य छ। राज्यले आफ्नो माइन्डसेट परिवर्तन नगरी समृद्धि सम्भव नभएको उनको तर्क छ।

भेटघाटमा CNI का प्रतिनिधिहरूले पनि मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रले खेलेको भूमिका र अघिल्लो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री हुँदा सृजना भएको सहकार्य वातावरणलाई स्मरण गरे। उनीहरूले सहजीकरण नीतिहरू लागू गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका रणनीति अगाडि बढाउनुपर्ने माग राखे।

प्रचण्डले पनि आफ्नो पालामा भएका सकारात्मक पहलहरूलाई स्मरण गर्दै निजी क्षेत्रसँगको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...