वर्षा आएपछि खेतमा चहलपहल, मधेसमा धमाधम धान रोपाइँ

Date:

काठमाडौं, साउन १९ – लगातारको वर्षापछि मधेस प्रदेशका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन्। साउनको दोस्रो हप्तासम्म पानीको अभावले धान रोपाइँ अत्यन्तै ढिलो भइरहेका बेला पछिल्ला तीन दिनदेखिको झरीले खेतहरूमा पर्याप्त चिसोपन पुर्‍याएपछि किसानहरूले तीव्र रूपमा रोपाइँ सुरु गरेका हुन्।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल धान उत्पादन क्षेत्रको झण्डै ६३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ। यसअघि पानी नपरेका कारण ५० प्रतिशत पनि रोपाइँ हुन सकेको थिएन।

बारा र पर्सा जिल्लामा धान रोपाइँ सकिएको छ भने सर्लाही, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र अन्य जिल्लामा भने रोपाइँ तीव्र गतिमा भइरहेको निर्देशनालयले जनाएको छ।

वर्षा नपरेको अवस्थामा सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको थियो। त्यसपछि राहतका रूपमा कृषिज्ञान केन्द्रमार्फत किसानहरूलाई स्यालो ट्युबबेल वितरण गरिएको थियो। मधेस प्रदेशमा कूल ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ।

सिंचाइको दृष्टिले अधिकांश खेतहरू अझै पनि आकाशेपानीमा भर पर्नुपर्ने अवस्था रहेको छ। करिब ६५ प्रतिशत खेतमा वर्षामा मात्र निर्भर रहेर खेती गरिँदै आएको छ। बाँकी खेतमा नदी, नहर, डिप ट्युबबेल, बोरिङ र स्यालो ट्युबबेल जस्ता माध्यमबाट सिँचाइ भइरहेको छ।

यस वर्ष पानी ढिला परेकाले रोपाइँ पनि अन्य वर्षको तुलनामा पछाडि धकेलिएको छ। यद्यपि हालको वर्षाले किसानहरूमा आशा पलाएको छ र आगामी हप्ता भरमा अधिकांश क्षेत्रको रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...