काठमाडौँ, असोज ७ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्दै भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले विकास आयोजना रोकिएको र स्थानीय तहले पाएको अधिकार पर्याप्त नभएकाले आवश्यक सहजीकरणका लागि नियमावली परिमार्जन आवश्यक रहेको बताएका छन्।
मन्त्री सिन्हाले भूमि बैंक स्थापनाका लागि प्रारम्भिक कदम चाल्ने निर्णय पनि गरेका छन्। पदभार ग्रहण कार्यक्रममा उनले जेनजी आन्दोलनका क्रममा आगजनीबीच पनि आफ्नो जिम्मेवारी पूरा गरेका कर्मचारीको प्रशंसा गरेका थिए।
यसअघि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको कार्यभार सम्हालेका थिए।



