विद्या भण्डारीको चेतावनी : डर देखाएर रोक्ने प्रयास सफल हुँदैन

Date:

काठमाडौं, साउन ६ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सक्रियताबाट पछि हट्ने कुनै योजना नरहेको स्पष्ट पारेकी छन्। राजधानीको भंगालमा आयोजित राजनीतिक संवादमा उनले आफू अझै अगाडि बढ्ने मनस्थितिमा रहेको बताइन्।

भण्डारीले राजनीतिक रुपमा आफूलाई रोक्न खोज्नु र आफ्ना पक्षमा बोल्नेहरुलाई आतंकित पार्ने प्रयास भइरहेको उल्लेख गरिन्। उनले यस्तो प्रवृत्ति तुरुन्त बन्द गर्नुपर्ने माग गरिन्।

“म अघि बढिसकेकी छु। अब खुट्टा कमाउने पक्षमा छैन। मेरो पक्षमा बोल्नेहरुलाई धम्क्याउने, डराउने काम बन्द हुनुपर्छ,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

उनले एमालेको राजनीतिमा फर्कने निर्णय सजिलैमा नआएको र यसअघि नै आफूले लामो समयदेखि विचार बनाउँदै आएको बताइन्। राजनीतिक वृत्तमा उनको सक्रियताले नयाँ तरंग ल्याएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...