संघीय बजेट नआएपछि निसीखोला आधारभूत अस्पताल अलपत्र

Date:

काठमाडौं, असोज ४ — निसीखोला गाउँपालिका–४ झिम्पामा निर्माणाधीन १० श्ययाको आधारभूत अस्पताल बजेट नपुग्दा अधुरो बनेको छ। २०७८ माघमा सम्झौता भई रु. ८ करोड २४ लाखको लागतमा सुरु गरिएको अस्पताल २०८० पुसभित्र सम्पन्न गर्ने योजना थियो। तर हालसम्म करिब ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

रङरोघन, विद्युत् जडान र अन्तिम फिनिसिङजस्ता काम बाँकी रहे पनि बजेट नआउँदा निर्माण एक वर्षदेखि रोकिएको ठेकेदार कम्पनीका प्रमुख दीपककुमार अदैले बताए। उनका अनुसार पालिकाले अझै करिब १ करोड १० लाख भुक्तानी गरेको छैन, साथै थप ६० लाख बजेट जुटाउन सके काम तत्कालै सकिन सक्ने अवस्था छ। “अस्पतालको काम धेरै छैन, तर बजेट अभावकै कारण थन्किएको हो,” अदैले भने।

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरका अनुसार यो अस्पताल संघीय सरकारको योजना अन्तर्गत परेकाले स्थानीय तहले थप बजेट व्यवस्थापन गर्न नसकेको हो। संघीय सरकारबाट आउने १ करोड ५० लाख नआउँदा समस्या बढेको उनको भनाइ छ।अधिकृत पुन मगरले स्वास्थ्य र अर्थ मन्त्रालयमा पटक–पटक बजेट माग गरिए पनि हालसम्म प्राप्त नभएको बताए। “संघीय स्तरबाट बजेट उपलब्ध हुनेबित्तिकै काम अघि बढाउने तयारी छ,” उनले स्पष्ट पारे।

चार वर्षदेखि सुरु भएको अस्पताल समयमै सकिन नसक्दा स्थानीयवासी निराश बनेका छन्। उनीहरूले छिट्टै बजेट उपलब्ध गराएर अस्पताल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...