सरकार भ्रष्टाचारको होइन, कारबाहीको पर्याय हो: प्रधानमन्त्री ओली

Date:

१४ साउन, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई भ्रष्टाचारको संरक्षणकर्ता नभई त्यसको नियन्त्रणकर्ता भएको दाबी गरेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूलाई कारबाही गर्दा सरकारले भ्रष्टाचार फैलाएको आरोप लाग्नु अन्यायपूर्ण भएको बताए।

उनले संसदमा भने, “सरकारले भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याउँदा उल्टै सरकारमाथि भ्रष्टाचारको आरोप लगाउने प्रवृत्ति गलत हो। भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु सरकारको कर्तव्य हो, र त्यसलाई हामी टार्दैनौं।”

यसअघि नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले बैठकको शून्य समयमा बोल्दै सरकारलाई नै भ्रष्टाचारको पर्याय ठहर गर्दै आलोचना गरेका थिए। शर्माले मुलुकमा बढ्दो भ्रष्टाचारको मुख्य जिम्मेवार सरकार भएको जिकिर गरेका थिए।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजस्ता गम्भीर विषयमा अतिरञ्जना नगरी तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने धारणा राखे। “सरकार भ्रष्टाचारको पर्याय हैन, नियन्त्रणको पर्याय हो,” उनले भने।

त्यस्तै, उनले मुलुकको आर्थिक विकास र समृद्धिको दिशामा राजनीतिक दलहरूबीच साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै सहकार्य र एकताको आग्रह पनि गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...