सांसद तामाङको चेतावनी: जलविद्युत् मात्रमा समृद्धि सम्भव छैन

Date:

काठमाडौँ, १५ भदौ – नेकपा माओवादी केन्द्रकी सांसद मिना तामाङले मुलुकको समृद्धि सुनिश्चित गर्न केवल जलविद्युत आयोजना मात्र आधार नहुने बताएकी छन्। उनले उद्योग, कलकारखाना, प्राकृतिक स्रोत र संरक्षण क्षेत्रको दिगो व्यवस्थापन पनि महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद तामाङले जलविद्युत आयोजना, खानी, हावा र पानीका स्रोत, वन तथा जडिबुटी राष्ट्रको धनी भएकोले यसलाई राज्यले दिगो र प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

उनले भने, “हिजोका बन्द भएका जुट मिल र जनकपुर कारखाना जस्ता उद्योग फेरि सञ्चालनमा ल्याउने विषयमा हाम्रो ध्यान पुग्नु आवश्यक छ। तर सामान्य जनताको नजरमा समृद्धि भनेको जलविद्युत र खानी मात्र देखिन्छ।”

सांसद तामाङले निजी कम्पनीको सहभागिता र स्रोत व्यवस्थापनबीच सन्तुलन कायम गर्नुपर्ने, संरक्षण क्षेत्र र कानुनी नियमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न राष्ट्रिय स्तरमा छलफल आवश्यक रहेको पनि बताइन्।

उनका अनुसार, हाल जलविद्युत निर्माणमा निकुञ्ज तथा संरक्षण क्षेत्रमा अवरोध कानुनले गरेको हो, न कि वन मन्त्रालयले। सांसद तामाङले यस विषयमा कानुन संशोधन गरेर दीगो विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...