सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एमाले नेता ऐन महर पक्राउ

Date:

काठमाडौं, भदौ ११ — नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई एक युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपक अवस्थीका अनुसार, भदौ ५ गते हुलाकमार्फत प्रहरीमा परेको उजुरीपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। त्यही आधारमा काठमाडौं जिल्ला अदालतबाट भदौ ९ गते पक्राउ अनुमति लिएर बुधबार उनलाई नियन्त्रणमा लिइएको हो।

जाहेरीमा महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गरिएको छ। सो दफामा इन्टरनेट वा विद्युतीय सञ्चार माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका गतिविधि गर्ने, महिलामाथि अपमानजनक सामग्री प्रसारण गर्ने वा चरित्र हत्या गर्ने कार्यलाई अपराध मानिएको छ। दोषी प्रमाणित भएमा पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ।

साइबर ब्यूरोका अधिकारीहरूका अनुसार, महरले सामाजिक सञ्जालमा लाइभ प्रसारणमार्फत पीडित युवतीको चरित्र हत्या गरेको आरोप छ। यसअघि पनि सोही युवतीले उनलाई बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रारम्भिक चरणमा प्रहरी उजुरी लिन नमान्दा उच्च अदालत पाटनले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

यहीबीच, उजुरी गर्ने युवतीमाथि समेत विद्युतीय कारोबार ऐन उल्लंघन गरेको अभियोगमा कारबाही भइसकेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...