२४ भदौ, काठमाडौं। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा आगजनी गरेका छन्। सिंहदरबार र अन्य सरकारी तथा राजनीतिक भवनमा आगजनी र तोडफोड पछि, उग्र भीडले अदालत भवनमा पनि आगो लगाएको हो।
प्रदर्शनकारीहरू बिहानैदेखि शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायत विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गर्दै आएको बताइएको छ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको भए पनि, प्रदर्शनकारीहरूको उग्र भीडले कानूनी र प्रशासनिक भवनहरूमा व्यापक क्षति पुर्याएको छ।



