सुनसरीमा बस र माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु, २३ घाइते

Date:

काठमाडौँ, साउन २६ – सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३, जलुवा टोलमा भएको बस र माइक्रोबस दुर्घटनामा मृतकको संख्या बढेर चार पुगेको छ भने २३ जना घाइते भएका छन्। दुर्घटना झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतकमध्ये सप्तरीका ३५ वर्षीय शंकर मण्डल, सुनसरीका ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र एक अज्ञात महिला रहेका छन्। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा, इलाम लगायत जिल्लाका बासिन्दा समावेश छन्।

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली परिचालित भई घाइतेलाई उद्धार गरिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...