हाम्रो अर्थतन्त्र धरासायी अवस्थामा पुगेको छैन

Date:

मनोजकुमार ज्ञवाली
सीइओ
नबिल बैंक लिमिटेड

मनोजकुमार ज्ञवाली नविल बैंक लिमिटेडका कार्यकारी प्रमुख अधिकृत (सिइओ) हनु् ।उनलाई २०८२ जेठ २२ गते को बैंकको ६८२ औँ बोर्ड बैठकले चार वर्षको कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको हो । उनी एक चाटर्र्ड एकाउन्टेन्ट पनि हुन् र उनीसगँ बैंकिङ र पूँजी बजारतर्फ करिब २६ वर्षको अनभुव छ । उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंक लगायत प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाहरूमा नेतृत्वदायी भूमिकाहरू सम्हालेका छन् । उनको नेतृत्वमा नविल बैंक विभिन्न वित्तीय सूचकांकहरूमा अग्रस्थानमा रहिरहेको छ र आगामी दिनमा अझै मजबुतीका साथ प्रगति गर्ने अपेक्षा गरिएको छ । नविल बैंकका सिइओ ज्ञवालीसँग सिटी न्यूजले गरेको कुराकानी ः

माबोइल बैंक अति नै प्रभावकारी र सजिलो सिस्टम त हो यो सेवाबाट सेवाग्राही त लाभान्वित नै छन्। तर यसबाट बंकै लाई रिटर्निङको अवस्था चाहिँ कस्तो छ नि ?

यो मोबाइल बैकिङ् या डिजिटल भनौं जुन यो फिनटेकको युज गरेर वित्तीय संस्थाहरूले कस्टुमरलाई जुन सेवा प्रदान गरिरहेका छन् यसले सेवालाई अलिकति सजिलो पारेको छ, पहुँच बढाएको छ र छिटोछरितो पनि बनाएको छ । तरअब कतिपय मानिसले क्यूआरकोर्ड बाट ट्रान्सफर गरेको १० रुपियाँ काट्यो भनेर चिन्ता व्यक्त गर्दछन् । तर त्यसको पछाडि यसमा बैंकको लगानी भने ठूलो छ । त्यो सफ्टवेयर, इन्फास्कटचर, त्यसमा सेक्युरिटीका फिचर्सहरू लगाउनुपर्दा बैंकको कस्ट ठूलो छ र त्यो कस्टचाहिँ कस्टुमरबाट रिकभर गर्ने अवस्था अहिले छैन । त्यसकारणले आजको दिनमा फिनटेकमा या जुनसुकै डिजिटल बैंकहरूमा बैंकले गरेको लगानी यसबाट आउने प्रतिफलबाट मात्रै पुग्ने अवस्था छैन र यसलाई बैंकिङ सेक्टरले सेवाको रुपमा नै दिइरहेको छ र यसले सेवालाई चुस्त, दुरुस्त र कम्पिटिटिभ बनाउने हिसाबले नै दिइरहेको छ । त्यसकारणले यो फिनटेकहरू युज गर्ने, मोबाइल बैंक युज गर्ने गर्ने यस्तो प्रकारको सेवा जुन ग्राहकले प्राप्त गरिरहनुभएको छ यसबाट बैंकले लिने चार्जेजहरूको तुलनामा बैंकको खर्चचाहिँ बढी भएको अवस्था छ ।

अब अहिले बर्षाको सिजन छ, रसवुागढीमा भीषण बाढीले गर्दा चीन–नेपाल आवतजावत गर्ने पुल नै बगाएको अवस्था छ। यसबाट ठुलो मात्रामा धनजनकोक्षति भएको छ। यो अवस्थामा त्यो पुल कसले बनाउछँ र यो अर्थतन्त्र नै कता जान्छ ? यसको बारेमा अलिकति भनिदिनु होस् न ?

यो धेरै नै स्याड न्यूज हो । रसुवागढीमा ठूलो बाढी आयो । त्यो बाढीले त्यहाँ रहेको पुल बगायो । तातोपानी नाका बन्द भएपछि चीनतिरबाट हामीकहाँ आउने धेरै नै सामान रसुवागढी नाकाबाट आउँथ्यो । यो बाढी झण्डै दुई सयवटा जति त भेइकल नै त्यो बाढीमा बगे भन्ने रिपोर्ट आएको छ । त्यस्तै डेढसय भन्दा बढी कन्टेनरहरू पनि गएको र त्यहाँ भएको इन्फास्टकचरहरू पनि सबै गएको अवस्था छ । चारवटा हाइड्रोपावर पनि क्षतिग्रस्त भएको अवस्था छ र त्यसको लसको स्थिति स्टिमेसन हुन अझै बाँकी छ त्यसकारणले यसले हाम्रो नाकाको रुपमा स्ट्याब्लिस भइसकेको रसुवागढीमा बाढीले त्यो किसिमको क्षति पुर्‍याउँदाखेरि हामीलाई पक्कै पनि असर परेको छ । अब यो पुल कसले बनाउने ? यसको क्षतिपूर्ति कसले दिने भन्ने कुराको हकमा चाहिँ कतिपय इन्सुरेन्सले कभर गरेको चिजहरू इन्सुरेन्सले गर्दिन्छ । बाँकी पुल बनाउने इमिडेट्ली यातायातलाई सुव्यवस्थित गर्ने कामचाहिँ सरकारले सरकारी बजेट खर्च गरेर नै गर्ने हो । त्यो काम सुरु हुन्छ । त्यहाँ धेरै नै क्षति भएको छ । यसले अर्थतन्त्रलाई फरक पारिहाल्ने भन्दा पनि यो फेरि रि हुन्छ भन्ने आशा छ ।

त्यो पुल चीन सरकारले बनाइदिएको थियो । त्यो पुल नेपाल सरकारले बनाउन सक्छ त ?

पुल बनाउन त नेपाल सरकारलेपनि सक्छ । तर नेपाल सरकारले चीन सरकारलाई यहाँ क्षति भयो लौन बनाइदिनुपर्‍यो भनेर रिक्वेस्ट गर्‍यो भने चीन सरकारले पनि बनाइदिन्छ । नेपाल सरकारले यति पुल नै बनाउन सक्दैन भन्ने चाहिँ म देख्दिनँ । त्यो व्यापारिक नाका भएकाले यहाँ पुल बनाउन सरकारले पनि अनुरोध गर्न सक्छ र यदि त्यो अवस्था भएन भने व्यापारिक नाका नेपाल सरकारले नै पनि त्यो संरचना पुनस्थापित गर्छ भन्ने लाग्छ ।

नपोलको अर्थतन्त्र एकदमै धरासायी अवस्थामा छ । यहाँ केहि गर्न सकिदैन भन्दै ठुला व्यापारीहरू पनि बाहिर गइरहेको अवस्था छ । बैंकहरूले व्यापारीलाई पैसा लिन अनुरोध गर्दापनि व्यापारीहरू मानिरहेका छैनन्। बैंकिङ प्रोसेस झन्झटिलो छ अनि सबै प्रक्रिया पुर्‍याएर पैसा लिदाँ पनि थोरै मात्र पैसा दिने गरेका छन्। त्यसैले अर्थतन्त्र जटिल अवस्थामा भन्ने कुरामा यहाँको भनाइ के छ ?

पहिलो कुरा त यो अर्थतन्त्र जटिल अवस्थामा पुगिसक्यो भन्ने कुरा त यो गलत भाष्य हो । अर्थतन्त्रमा ठूलो समस्या आएर अर्थतन्त्र डामाडोल नै भइसकेको अवस्था होइन । हामी आजभन्दा तीन वर्ष पहिलाचाहिँ लौ अब त श्रीलंका हुन्छ । वैदेशिक सञ्चिति पनि सबसकिन्छ । भोलि त औषधी समेत किन्न नसकिने अवस्था छ भन्ने अवस्थाबाट सरकारले कतिपय विदेशी वस्तुहरू मध्ये १० वटाको आयात नै बन्द गरेको अवस्था थियो । तर अहिले १४ महिनालाई वस्तु तथा सेवा आयात धान्न सकिने स्थिति छ । ८० विलियन डलर भन्दा बढी वैदेशिक सञ्चिति रहेको अवस्था देशमा छ । इम्प्लेसनको अवस्था हेर्ने हो भने २.७ रिपोर्ट गरिरहेको छ । यो अवस्था छ । यो इम्प्लेसन पनि कन्ट्रोल भएर न्युन इम्प्लेसनमा आइसकेको छ । अब इन्ट्रेस्टको अवस्था हेर्ने हो भने आज बैंकहरू ५ देखि ७ प्रतिशत ब्याजमा कमसियल बैंकहरूले ऋण प्रवाह गर्न सक्ने स्थिति भएको छ । लिक्युडिटी पर्याप्त छ । बैंकहरूमा ५/७ खर्ब रुपियाँ बचिरहेको अवस्था छ । त्यस कारणले यो समयलाई सही किसिमले सदुपयोग गरेर गर्नुपर्ने चाहिँ के हो त भन्दा यतिबेला हामीले मुलुकमा भएका उद्यमी– व्यवसायीहरूको मनोबललाई उच्च राखेर काम गर्नुपर्ने हो । केही समय यता अर्थात् तीन चार महिनाको अवधिलाई हेर्ने हो भने राम्रो भएको अवस्था छ । सरकारी राजश्व पनि वृद्धि भएको अवस्था छ । बैंकहरूको पनि अलिकति समस्या भएको एनपीएमा र एनबीएमा पनि पनि सेल्स नभइरहेको अवस्थामा सुधार हुँदै गएको छ । क्यापिटल मार्केटमा एक किसिमको रौनकता आएको अवस्था छ । बजेटले पनि आफ्ना लिमिटेसनहरूलाई बुझेर प्राक्टिकल्ली बजेट आएको अवस्था छ । गभर्नरसापको पनि मन्ट्रिपोलिसी एउटा लेभलमा लिएर आउनुपर्ने अवस्था छ । त्यस कारणले यी सम्पूर्ण सही कुराहरूलाई लिएर इकोनोमी रिस्टोर हुन्छ भन्ने आशा र विश्वास म राख्दछु । जहाँसम्म बैंकहरूलाई उद्यमी व्यवसायीहरूले तीन तीन महिनामा रिपोर्ट दिनुपर्ने भन्ने कुरा छ यसलाई उहाँहरूले बोझको रुपमा होइन कि जिम्मेवारीपनको रुपमा लिनुपर्दछ । किनभने बैंकहरूले चलाएको पैसा भनेको पब्लिकको पैसा हो । त्यो पब्लिकको पैसा राज्यको समृद्धिमा सदुपयोग हुनुपर्छ । त्यो सदुपयोगिताको लागि माध्यम के हो त भन्दा व्यवसायी हो, उद्यमी हो । उद्यमीले त्यो पैसाको सदुपयोग गरेको छ कि छैन भन्ने जिम्मेवारी बैंकहरूको पनि हो र रेगुलेटरहरूको पनि हो र स्वयम् व्यापारीको पनि हो । त्यसकारण हामी जिम्मेवारीपूर्वक बिजनेस गर्नुपर्छ भन्ने कुराको शर्तमा कुनै कुरा आयो भने त्यसलाई हामीले अन्यथा लिनु हुँदैन । त्यसलाई हामीले जिम्मेवारीपूर्वक नै काम गर्‍यौं भने व्यवसायलाई हित गर्छौं, बैंकलाई पनि हित गर्छौं भन्ने लाग्छ मलाई ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...