अक्टोबर ३१ देखि ‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु हुँदै

Date:

काठमाडौं, साउन ४ — काठमाडौंमा ‘काठमाडौं हरर फिल्म फेस्ट’ आयोजना हुने भएको छ। यो महोत्सव अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चल्नेछ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को सह-आयोजनामा हुने यो कार्यक्रमले हरर, काल्पनिक र लोककथामा आधारित फिल्महरूको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

महोत्सवका निर्देशक रसिक पाठकका अनुसार नेपालमा यस्ता विधाका फिल्महरू कम बन्ने र दर्शकले हेर्न पाउने अवसर पनि सीमित भएकाले महोत्सवमार्फत त्यस्तो विधालाई प्रोत्साहन गर्ने प्रयास गरिएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एशियन फिल्म र युथ फिल्मलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ। आयोजकले यसलाई नेपालमा फरक विधाका फिल्महरूको निर्माण र दर्शक वर्ग विस्तार गर्न महत्वपूर्ण कदमको रूपमा लिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...