अग्नि सापकोटाले भने– कांग्रेस सामन्तहरूको पार्टी हो, एमालेका कार्यकर्ताले शीर झुकाए

Date:

२ असार, काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसलाई प्रजातान्त्रिक सामन्तहरुको पार्टी भनेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कांग्रेसप्रति आलोचना गर्दै भने, “हामीले जानेकै पार्टी हो, जहाँ मान्छेलाई धेरै आशा थिएन।” उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरू पनि लज्जित भएर शीर निहुराएको बताएका छन्।

सापकोटाका अनुसार, एमाले कार्यकर्ता जहाँ जाँदा पनि शीर निहुराउँदै हिंड्न बाध्य छन्। यति मात्र नभई उनले देशको नेतृत्वका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाहेक विकल्प नभएको स्पष्ट पारे। उनको दाबी अनुसार, माओवादीको देश दौडाहाको क्रममा कांग्रेस वा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले समेत स्वागत तथा ज्ञापनपत्र दिँदै माओवादीको आगामी नेतृत्वमा विश्वास प्रकट गरिरहेका छन्।

सापकोटाले निष्कर्षमा जनताको मन कांग्रेस र एमालेबाट भतभती दिक्क भइसकेको र माओवादी पार्टीका लागि अब सहज मार्ग खुल्न थालेको धारणा राखे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...